नयाँ टेलिभिजन सञ्चालनको तयारीमा रवी लामिछाने, न्युज २४ छोड्दै

नयाँ टेलिभिजन सञ्चालनको तयारीमा रवी लामिछाने, न्युज २४ छोड्दै

काठमाडाैं । संचारकर्मी रवी लामिछानेले न्युज २४ च्यानल छाड्ने भएका छन् । उनले छाड्ने भएपछि चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बन्द हुने भएको छ । ‘सिधा कुरा जनतासँग’ न्युज २४ च्यानलमा ५ वर्षदेखि प्रसारण हुँदै आइरहेको छ ।

रवी लामिछानेलगायतको एउटा समूहले नयाँ टेलिभिजन संचालन गर्ने तयारी गरेकाले कार्यक्रम बन्द हुने बताइएको छ । टेलिभिजनबाट लामिछाने लगायतको समुहले केहि समय अघि नै राजीनामा दिइसकेका छन् ।

नयाँ टेलिभिजन सुरू गर्ने तयारी पहिलेदेखि नै भएको र त्यसमा काम भैरहेकाले उक्त कार्यक्रम नयाँ टेलिभिजनबाट संचालन गरिने लामिछाने निकट एक संचारकर्मीले बताए । अहिले टेलिभिजनको काम अगाडी बढिरहेको हुनाले तयार हुन केहि महिना अझै लाग्ने बताइएको छ ।