आज थपिए ४२६ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

आज थपिए ४२६ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार दुई सय २५ पिसिआर परीक्षण गर्दा मुलुकभर थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ३७ हजार ७ सय २ जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ६ हजार ८४ छन्।

७ सय ४८ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ५३ हजार एक सय ७ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ प्रतिशत पुगेको छ। 

कुल संक्रमित २ लाख ६१ हजार १९ जना छन् । बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ६४ जना पुगेको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या तीन सय ६७ छ।

यस्तै उपत्यकामा शुक्रबार १ सय ६७ जना संक्रमण भेटिएका छन्।