जनता समाजवादी र एकीकृत मार्क्सवादी पार्टीबीच एकता हुँदै

जनता समाजवादी र एकीकृत मार्क्सवादी पार्टीबीच एकता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा एकीकृत मार्क्सवादीबीच एकता हुने भएको छ।

आज दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीनजिक आयोजना हुने कार्यक्रमका बीच एकता घोषणा हुने जनता समाजवादी पार्टीका नेता केशव झाले बताए। 

यसअघि गत वैशाखमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी घोषणा भएको थियो।