सशस्त्रका ६ जना एसएसपी डिआइजीमा बढुवा

सशस्त्रका ६ जना एसएसपी डिआइजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरीका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस गरेको छ । 

गृह मन्त्रालयले  बिहिबार ६ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ।  बढुवाका लागि सिफारिस हुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन्।

उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ ख बमोजिम बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ। बढुवा सिफारिस उपर चित्त नबुझ्ने सिफारिस हुनेहरुले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सचिवालयले जनाएको छ।