आज थपिए ५११ जना कोरोना संक्रमित, थप ७ जनाको निधन

आज थपिए ५११ जना कोरोना संक्रमित, थप ७ जनाको निधन

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा  ६ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ।