आज थपिए ७०८ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

आज थपिए ७०८ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। संक्रमित हुनेमा २७० महिला र ४३८ पुरुष रहेका छन्। कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ। 

२४ घन्टामा ६ हजार १३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७०८ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३९६ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।