आज थपिए ६५९ जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

आज थपिए ६५९ जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ जना पुगेको छ । 

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ६४२७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४२७ होम आइसोलेसनमा छन् भने ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।