राष्ट्रपतिलाई भेट्याे चिनियाँ टोलीले

राष्ट्रपतिलाई भेट्याे चिनियाँ टोलीले

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागका उपमन्त्री गुओ एचौले  राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।   राजदूत होउ यान्छीसहित चीनबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय टोलीले शीतल निवास पुगेर राष्ट्रपतिलाइै भेटेको हो । 

टोलीले प्रधानमन्त्री केपी ओली र आन्दोलनरत नेकपाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ। नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको थियो ।