आज ४८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

आज ४८१ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । 

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १८२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल देशभर ६४९३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४९३ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।