आज थपिए ७२२ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

आज थपिए ७२२ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ। 

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ।