आज ७४२ जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

आज ७४२ जना कोरोना संक्रमित थपिए, थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालका थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ३ सय ५१ पीसीआर नमूना परीक्षण गर्दा ४ सय ४८ पुरूष र २ सय ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । 

काठमाडौं उपत्यकाका ३ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । तिमध्ये काठमाडौंका २ सय ३५ भक्तपुर २१ र ललितपुरका ५५ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ६० जना, दुईमा नौ जना, वाग्मतीमा चार सय चार जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा ९६ लुम्बिनीमा एक सय, कर्णालीमा २८ र सुदुरपश्चिममा ४५ जनामा संक्रमण पुष्टि भएको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार नौ सय ७६ जना रहेका छन् । तिमध्ये ४ हजार ५ सय आठ जना होम आईसोलेसन छन् । संक्रमितमध्ये २ सय ७९ आईसीयु र ५७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । 

एकै दिन एक हजार ७९ जना कोरोनामुक्त भएका छन । योसँगै संक्रमणमुक्त भएकाको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या ९६ दशमलब एक प्रतिशत छ । 

कोरोना संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ७७ हजार १ सय ८१ नमूना परिक्षण गरिएको छ । देशभर क्वारेन्टिनमा ४ सय २१ जना रहेका छन् । कोरोना संक्रमणवाट थप सात जनाको मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।