उपत्यकामा सवारीको जोरबिजोर नियम भोलिदेखि हट्ने

उपत्यकामा सवारीको जोरबिजोर नियम भोलिदेखि हट्ने

काठमाडौं । उपत्यकामा गुड्ने सबैखाले सवारीमा लागू भएको जोरबिजोरको नियम हट्ने भएको छ।  बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित सुरक्षा समितिको बैठकले यातायात व्यवसायीको छलफलपछि यो निर्णय गरिएको हो। 

उपत्यकामा चल्ने सवारीसाधनमा असोज १ देखि जोरबिजोरको नियम लगाइएको थियो।  

त्यस नियम भोलि अर्थात् शुक्रबार (पुस ३) बाट हटाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदुरले सबैखाले सवारीसाधन चलाउने भनी संयुक्त विज्ञप्ति नै जारी गरेका थिए।