काठमाडौंमा दिनहुँ चिसो बढ्दै, आज यस वर्षकै कम तापक्रम मापन

काठमाडौंमा दिनहुँ चिसो बढ्दै, आज यस वर्षकै कम तापक्रम मापन

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो दिनहुँ बढ्दै छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौं उपत्यकाको तापक्रम २ दशमलब ८ डिग्री सेल्सियस मापन भएको थियो।  

महाशाखाका अनुसार अहिले पश्चिम तराई तथा पूर्वी तराईका भेगहरुमा हुस्सु र कुहिरो लागिरहेको छ। दिउँसो हुस्सु र कुहिरो विस्तारै हटेर जाने महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। देशका अन्य भूभागको मौसम भने समान्यतया सफा छ। 

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।