विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु, झण्डै ६ लाख संक्रमित थपिए

विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु, झण्डै ६ लाख संक्रमित थपिए

काठमाडौं । विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ ।

संक्रमित १६ लाख ४० हजार ५२६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ करोड ३ लाख ५७ हजार १८ जनामा सक्रिय संक्रमण छ भने ५ करोड १७ लाख ८६ हजार ९३० जनाले कोरोनालाई जितेका छन् ।

संस्थागत तथा होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये १ लाख १७ हजार १७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।