‍काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

‍काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्यो

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।

राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको उनले बताइन् । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।

आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ । बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।

पहाडी क्षेत्रको मौसम आज सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सुरकुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार आज प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ ।