आइतबारसम्म वर्षा र हिमपातको सम्भावना

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । नेपालमा पश्चिमी वायुको प्रभावका साथै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त वायु प्रवेश गर्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जनाएअनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्कारवर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ। राती भने प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आइतबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।