पतिकै अगाडि १७ जनाद्वारा महिलामाथि सामूहिक बलात्कार

पतिकै अगाडि १७ जनाद्वारा महिलामाथि सामूहिक बलात्कार

काठमाडौं । पाँच वा ६ जनासम्मको समूहले सामूहिक बलात्कार गरेका घटना यसअघि पनि सुनिँदै आएका हुन् । तर बुधबार राति भारतको दुम्गामा भएको एक घटना यति भयानक थियो कि अहिलेसम्मकै दर्दनाक यही घटना हुनसक्ला । बुधबार साँझ बजारबाट पतिको साथमा फर्किरहेकी एक महिलालाई १७ जनाले बलात्कार गरेका छन् । 

बजारबाट फर्किँदै गरेकी ३५ वर्षीया महिलाका पतिलाई बन्धक बनाएको र त्यसपछि महिलालाई बलात्कार गरेको दुम्काका प्रहरी उपमहानिरीक्षक सुदर्शन मण्डलले जानकारी दिए । पतिकै अगाडि १७ जनाले सामूहिक बलात्कारको शिकार भएकी महिलाको मानसिक अवस्था विक्षिप्त बनेको छ ।  उनको मेडिकल जाँच गरिएको छ । बलात्कारीमध्ये एक जनालाई आफूले चिनेको पीडित महिलाले बताएकी छन् ।

त्यहाँका पूर्व समाज कल्याण मन्त्रीले यस घटनापछि सरकारको कडा आलोचना गरेकी छन् । अहिलेको सरकारले महिलाको रक्षा गर्न नसकेको बताएकी छन् । कुरा ठूला गरे पनि महिलामाथि हुने हरेक प्रकारका हिंसा नियन्त्रणमा सरकार असफल भएको उनको टिप्पणी छ ।

प्रदेश सरकारका ग्रामीण विकास मन्त्री आलमगिर आलमले कुनै पनि प्रकारको अपराध सरकारलाई सह्य नहुने भन्दै यस घटनाको छानबिन गरी तत्कालै अपराधिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता गरेका छन् ।