नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै नेपाल-भारत उडान गर्न पाउने

नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै नेपाल-भारत उडान गर्न पाउने

काठमाडौं । कोभिड–१९ का कारण चैत देखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ। नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली  र दिल्ली–काठमाडौंमा एयर बबल उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ। 

केही समय अगाडि नेपालले भारतको दिल्ली उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपालले भारतसँग नियमित उडान खुला विषयमा पत्र पठाएको थियो। भारतको एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिएको हो।

नेपालसँग भारतले दसैंअगाडि नै एयर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो। तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन। एयर बबल उडानमा भारतीय र नेपाली नागरिक मात्रै हुनु पर्नेछ।