आज काठमाडौं उपत्यकामा  कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा  कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३९ जना र ललितपुरका ७५ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ६२८६ जनाको पिसिआर परिक्षण गरिएको छ।यस्तै काठमाडौं उपत्यकामा हिजोपनि ५९४ जना मा कोरोना संक्रमण भएको थियो।

यस्तै  नेपालमा थप १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह( प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३० हजार ५३७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।