विप्लव नेकपाद्वारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

विप्लव नेकपाद्वारा हत्या गरिएका शिक्षकको शव पोष्टमार्टमका लागि धरान लगियो

मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको छ। 

हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको हो ।

मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो फेला पारेको थियो ।