मोरङ । मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३र४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए ।
हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो । सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।