ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ। 

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। सोमबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ।