दोलखा मेलुङ-१ का वडाध्यक्ष कोईरालाको उदाहरणिय कार्य, सामाजिक सुरक्षा भत्ता घर घरमै मात्र होईन काठमाडौं आएरै गरे वितरण

दोलखा मेलुङ-१ का वडाध्यक्ष कोईरालाको उदाहरणिय कार्य, सामाजिक सुरक्षा भत्ता घर घरमै मात्र होईन काठमाडौं आएरै गरे वितरण

दोलखा । दोलखा मेलुङ गाउँपालिका वडा नं.-१ पवटीका वडाअध्यक्ष  ईश्वर कोईरालाले काठमाडौंमा रहेका जिल्लाबासीलाई काठमाडौं नै आएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।  

आफ्ना वडाका वृद्ध, बृद्धा, एकल महिलालाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्ला धाउनुपर्ने झन्झटबाट मुक्त गर्न उनले काठमाडौंमा रहेकालाई वडा सचिवको रोहवरमा आइतबार नयाँ बानेश्वरको सिभिल अस्पताल  प्राङ्गणबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । 

यतिमात्र होइन उनले गाउँमै रहेर पनि वडा कार्यलय जान असहज हुनेहरुको लागि र अशक्तहरुको लागि घर घरमै पुगेर भत्ता वितरण गर्ने गरेका छन् । 

यसका साथै वडाध्यक्ष कोईरालाकै पहलमा गाउँपलिकाभरी सैर्य उर्जामार्फत लिफ्टबाट खानेपनि तानेर वितरण गर्ने गरिएको छ । यसअघि राष्ट्रिय पुर्ननिर्माण प्रधिकरणले पनि मेलुङ १ लाई जिल्लाकै उत्कृष्ट पुर्ननिर्मार्माण सम्पन्न भएको वडाको रुपमा घोषणा गरेको थियो । गाउँपालिकाबासी र वडाबासीको हरेक समस्यमा तत्परताका साथ समाधानमा लागिपर्ने भएकोले नै वडाध्यक्ष कोइराला  त्यसक्षेत्रका लोकप्रीय नेताको रुपमा परिचित छन् ।