आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।