काठमाडौं उपत्यकासहित पूर्वका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित पूर्वका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा मौसम बद्ली भएको छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । यस्तै आज हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए।