बुटवलमा गोली चल्यो, खाग तस्कर घाइते

बुटवलमा गोली चल्यो, खाग तस्कर घाइते

बुटवल । बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको छ। बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित कलस होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गैँडाको खाग तस्करीमा संलग्नहरू बसेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर प्रहार गर्दा तस्करीमा संलग्ननै घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बताए। 

पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेका छन्। घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। उनलाई चिउँडोमा गोली लागेको छ। प्रहरीले घटनास्थलबाट थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार रहेको बताइएको छ। खास प्रहरीले बरामद गरेको छ।