आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो।

तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको मूल्य आइतबार स्थिर छ।