आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज तोलाको सुन ३ सयले बढेको हो । विहिबार १ हजार ६ सयले बढेको थियो । आज सुन ९२ हजार ९०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ९ सय र तेजाबी सुनको मूल्य ९२ हजार ४५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढ्दै १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।