आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५० महिला र ३११ पुरुष गरी ५६१ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनालाई  कोरोना संक्रमण देखिएको छ।  

त्यसैगरी, आज काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ८९ हजार २८८ जना संक्रमित भएका छन्, जसमध्ये ३९३ जनाको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ५१९ जना संक्रमित भएका छन्। जसमा ११७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ। 

आज काठमाडौमा ६ हजार ३३७, ललितपुरम १ हजार २७६ र भक्तपुरमा ५८५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ हजार ३४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ। 

२४ घण्टामा २ हजार १११ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।  आज देशभर १५ हजार ७६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ५५१ पुगेको छ।