पोखरामा लागुऔषधसहित चारजना पक्राउ

पोखरामा लागुऔषधसहित चारजना पक्राउ

पोखरा : पोखराबाट प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका ८ बस्ने ३६ वर्षीय गौमती सुनार, सिदार्थनगर नगरपालिका १ बेकहिया बस्ने २६ वर्षीय प्रकाश पुन, भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षीय महबुब आलम र सोही स्थान बस्ने ३४ वर्षीय बालेश्रर प्रजापती रहेका छन्।

कास्की प्रहरी टोलीले पोखरा(२७ हमालचोकबाट उनीहरूलाई पक्राउ गरेको हो। लागुऔषध सम्बन्धी विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट जेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा डाइजापाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध प्रहरीले बरामद गरेको छ। साथै उनीहरूको साथबाट ११ हजार ४० भारतीय रुपैया र ३ हजार २४५ नेपाली रुपैयाँ पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि लागुऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।