३ प्रहरी ६ महिनाको लागि निलम्बित

३ प्रहरी ६ महिनाको लागि निलम्बित

काठमाडौं । प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने कार्यमा संलग्न ३ प्रहरी निलम्बनमा परेका छन्।

निलम्बित हुनेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसिया रहेको प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ।

प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले उनीहरु माथी थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर १६ गतेको (सचिवस्तर)को निर्णय अनुसार बढीमा ६ महिनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ।