आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ ।

मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले बढेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।