सुमार्गीविरुद्ध प्रकाशित समाचारको खण्डन छाप्न कान्तिपुर पब्लिकेसन्सलाई अदालतको आदेश

सुमार्गीविरुद्ध प्रकाशित समाचारको खण्डन छाप्न कान्तिपुर पब्लिकेसन्सलाई अदालतको आदेश

काठमाडौं । सफल उद्योगी व्यवसायी अजेयराज सुमार्गीविरुद्ध प्रकाशित समाचार असत्य र काल्पनिक भएको भन्दै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सलाई खण्डन छाप्न आदेश दिएको छ ।

कान्तिपुर दैनिकले व्यक्तिगतका साथै व्यवसायीक दुरासाय राख्दै विभिन्न खाले तथ्यहिन समाचार निरन्तर प्रकाशन, प्रशारण गरेको भन्दै त्यसका विरुद्ध सुमार्गी अदालत गएका थिए ।

अदालतले पनि कान्तिपुरको समाचार व्यवसायी सुमार्गीको चरित्र हत्याका साथै व्यवसायीक रुपमा धरासयी पार्ने आशय देखिएको भन्दै यस्तो आदेशको हो ।

अनुचित लाभ लिने उदेश्यले आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधीर शर्माविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सौदाबाजीको उद्देश्यले भ्रामक सामग्री प्रकाशन–प्रसारण गरेको सुमार्गीको आरोप थियो।


कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यापार गर्न पाइने खराब नजीर बसेको भन्दै सुमार्गीले सिरोहियाले पत्रिकाको दुरुपयोग गरेको बताएका थिए।

विवाद तीनकुनेको जग्गा

सुमार्गी र सिरोहियाले २०७० सालमा आपसमा जग्गाको कारोबार गरेका थिए। सिरोहिया सञ्चालक रहेको काठमाडौं मार्ट प्रालिको नाममा रहेको तीनकुनेस्थित प्राइम प्रोपर्टी सुमार्गीको मुक्तिश्री सिमेन्ट प्रालिले खरिद गरेको थियो।

सुमार्गीका अनुसार‚ आफ्नो व्यवसायिक संकटको अवस्था दर्शाउँदै सिरोहियाले जग्गा खरिद गरिदिन अनुरोध गरेपछि उक्त कारोबार भएको थियो। तर‚ कारोबारको केही समयपछि सिरोहियाले पुरानै मूल्यमा जग्गा फिर्ता मागेपछि समस्या सुरू भएको सुमार्गी बताउँछन्।