आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ४२२ जना, भक्तपुरका ६५ जना र ललितपुरका ६१ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ८००८ जनाको पिसिआर परिक्षण गरिएको छ। यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि  जना ६४५ मा कोरोना संक्रमण भएको थियो।

यस्तै नेपालमा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह( प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३१९७८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।