आज पनि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज सुन तोलाको ६ सयले घटेको छ । आज सुन ९० हजार ७०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ७०० र तेजाबी सुनको मूल्य ९० हजार २०० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।