धनुसाबाट १५ हजार घुससहित सई पक्राउ

धनुसाबाट १५ हजार घुससहित सई पक्राउ

जनकपुरधाम : जनकपुरमा दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा एक जना प्रहरी नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।