आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना स‌क्रमित थपिएका हुन् । त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्रै कोरोना स‌क्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ। त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।

भक्तपुरमा हालसम्म ७ हजार ७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।मन्त्रालयको तथ्यांक अनुसार काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।