कोरोना संक्रमणबाट दाजु भाइको ज्यान गयो

कोरोना संक्रमणबाट दाजु भाइको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका दुई जना दाजुभाइको केही घन्टाको अन्तरमै मृत्यु भएको छ।  नोबेल मेडिकल कलेजमा उपचाररत् मोरङको लेटाङ नगरपालिका(१ का ६३ वर्षीय ईश्वरी कोइराला र ७१ वर्षीय गोपाल कोइरालाको मृत्यु भएको हो। 

ईश्वरीको शुक्रबार बिहान ११ बजे र गोपालको बिहीबार बिहान ४ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  मृत्यु भएकामध्ये ईश्वरी कांग्रेस महासमिति सदस्य हुन् । उनी फोक्सोका बिरामी थिए। 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई २ गते नोबेलमा भर्ना गरिएको थियो। भर्नापछि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनलाई कोभिड वार्डमा राखेर प्लाज्मा थेरापीमार्फत उपचार पनि गरिएको थियो। ९ गते उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

उनका दाजु गोपाल ५ गते भर्ना भएका थिए। उनका सुगर र प्रेसरको समस्या थियो। रिपोर्ट पोजेटिभ आएपछि उनलाई पनि आइसियूमा राखिएको थियो।