आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।