मौसम पूर्वानुमान: आज यी स्थानमा हुनेछ हल्का वर्षा र हिमपात

मौसम पूर्वानुमान: आज यी स्थानमा हुनेछ हल्का वर्षा र हिमपात

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।