मौसम पूर्वानुमान : देशका यी स्थानमा हुनेछ वर्षा र हिमपात

मौसम पूर्वानुमान : देशका यी स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ ।

यस्तै, दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुनेछ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।