बैतडीमा जिप दुर्घटना : पाँचको मृत्यु, ६ घाइते

बैतडीमा जिप दुर्घटना : पाँचको मृत्यु, ६ घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरको जिप आज दिउँसो १:४० मा बुढ्ढानजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी पाँचजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए । 

जिपका चालकसहित १२ जना सवार रहेकोमा घटनामा परी पाँचजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । ६ जना घाइते भएकोमा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । 

घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।