कोरोना संक्रमणको कारण सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

कोरोना संक्रमणको कारण सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर नवीन बुढाथोकीको कोरोना संक्रमणका कारण निधन भएको छ। विराटनरको विराट मेडिकल कलेजमा गएराति उनको निधन भएको हो।

कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा गएराति ११ बजेतिर निधन भएको सशस्त्रका प्रवक्ता डिआइजी राजु अर्यालले बताए।

बुढाथोकी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा कार्यरत थिए।