बागलुङमा जिप दुर्घटना हुदाँ पाँच जना घाइते

बागलुङमा जिप दुर्घटना हुदाँ पाँच जना घाइते

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ ।

आज बिहान खर्वाङ बजारबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ ।

दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् । घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।