काठमाण्डौँ : काठमाण्डौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन ।
वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख रहेको छ । सो जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्यका अनुसार अहिले सुन्धाराको मर्मत, सफाइ गर्ने गरी को नियुक्त भएको छ भन्नेबारे लगत कार्यालयलाई विवरण प्राप्त भएको छैन । हिजोआज यहाँ सरसफाइ रोकिएको छ ।
धरहरा नवनिर्माण सुरु हुनुअगावैसम्म सुन्धारा क्षेत्रलाई स्थानीय क्लबले मर्मत, सफाइ गर्दै आएको सिद्धिचरणचोक दफ्तर क्लबका अध्यक्ष राकेश शाही बताए । शाहीका अनुसार काठमाडौँ महानगरपालिकाले पनि सरसफाइ गर्दै आएको थियो । गुठी संस्थानका अधिकारीले सुन्धाराको जग्गाका विषयसहित अतिक्रमणमा परेका गुठी जग्गाबारे नेपाल सरकारबाटै छानबिन भइरहेको जानकारी दिएका छन् ।