सोमबार कति छ, सुनचाँदीको मूल्य ?

सोमबार कति छ, सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय कायम भएको  छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।