आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।


प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै आज देशभर १ हजार ६६९ जनामा कोरोना पुष्टि भएको छ।नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।