संघर्ष समितिको विरूद्धमा इट्टा भट्टाको मजदुर आन्दोलित

संघर्ष समितिको विरूद्धमा इट्टा भट्टाको मजदुर आन्दोलित

काठमाडौँ : चन्द्रागिरी र हटाउने माग राख्दै आन्दोलन गरेपछि मजदुर र व्यसायीहरूले संघर्ष समितिको विरूद्धमा आन्दोलन गरेका छन् ।

नगरपालिका उद्योगको अभिभावक हो, वैधानिकतापूर्वक सञ्चालनमा रहेका इट्टा उद्योग सञ्चालन गर्न पाउनुपर्छ, मजदुरको रोजीरोटी खोस्न पाइदैँन्, मजदुरको सुरक्षा चाहियो, उद्योग निर्माणको मेरुदण्ड हो, मजदुरको रोजगारीलाई आक्रमण गर्न पाइदैँन भन्दै सयौंको संख्यामा बाजागाजासहितको ‍¥यालीसहित विरोध गरेका हुन् ।

अखिल नेपाल निर्माण मजदुर सघंका अध्यक्ष अमित लोप्चनको नेतृत्वमा इट्टाभट्टामा कार्यरत मजदुरहरु चन्द्रागिरी–१५ बिष्णुदेवी मन्दिरबाट सुरू भएको ¥याली बिष्णुदेवी हुँदै चन्द्रागिरी नगरपालीकाको कार्यलय पुगेर टुङ्गिगएको थियो ।भट्टा व्यवसायी किरण कार्कीले हजारौं मजदुर र व्यवसायीमाथिको प्रहार बन्द नगरे मजदुर र व्यसायी चुप लागेर नबस्ने चेतावनी दिए ।

अखिल नेपाल निर्माण मजदुर सघंका अध्यक्ष अमित लोप्चनले भएका उद्योगधन्दा बन्द गर्दै जाने, देशमा गरिबी बेरोजगारी बढाउने र व्यक्तिगत स्वार्थका लागि केही समूहको झुन्ड बनाएर आन्दोलन गर्नु भनेको नियोजित र मजदुरको मुखमा लाती हाने परिपाटी अन्त्य गरिने बताए । यता कात्तिक ३ गतेदेखि इट्टाभट्टा हटाउ संघर्ष समिति र दबाब समूह नै बनाएर स्थानीय बासिन्दा पनि उद्योग बन्द गराउन लागिपरेका छन् ।