फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ। शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो। 

शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ। शुक्रबार तोलाको १ हजार २ सय १० मा कारोबार भएको भएको चाँदीको मूल्य आज पनि उही छ।