आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ८६२  जना, भक्तपुरका ७१ जना र ललितपुरका १७४ जनामा कोरोना संक्रमण देखिएको हो।

आज जम्मा १०३४०  जनाको पिसिआर परिक्षण गरिएको थियो। यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि १२२९ जनामा कोरोना संक्रमण भएको थियो।

नेपालमा आज थप १९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २१६९६५ पुगेको छ।